Deep Boarding Higher Secondary School
Education is the light of life
 

Annual Result of 2073 and New Admission for 2074

 
आदरणीय अभिभावकज्यू,
नमस्कार ।
सर्वप्रथमत ः आसन्न नयाँ वर्ष २०७४ को शुभ उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
आजका बालबालिका भोलिका देशका कर्णधार हुन् । देश हाँक्ने सारथि हुन् । त्यसैले तिनीहरूलाई कस्तो आकार दिएर निर्माण गर्ने भन्ने कुरा विद्यालय, शिक्षक एवम् सम्पूर्ण अभिभावकको कर्तव्य तथा जिम्मेवारी हो । वार्षिक परीक्षाको नतिजा नआउन्जेल तथा नयाँ शैक्षिक–सत्रको पठनपाठन प्रारम्भ नहोउञ्जेलसम्म आफ्ना नानीबाबुहरूलाई रचनात्मक, सिर्जनात्मक एवंम् व्यावहारिक कार्यमा लाग्न सकारात्मक सहयोग गरिदिनु सम्पूर्ण अभिभावकहरूमा विनम्र अनुरोध गर्दछौँ । यसका साथै शैक्षिक–सत्र २०७२ सालदेखि यस विद्यालयद्वारा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन ९कअष्भलअभ बलम mबलबनझभलत० सङ्काय सञ्चालन भइरहेको र सञ्चालनको पहिलो वर्ष नै यस क्षेत्रको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी , विद्यार्र्थी एवम् शुभचिन्तकहरूबाट प्राप्त आवश्यक सल्लाह, सुझाव र पूर्ण सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्तै किसिमका सल्लाह, सुझाव र  सहयोगको अपेक्षा गर्दछौँ । 
 
शैक्षिक सत्र २०७३ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन र शैक्षिक सत्र २०७४ का अन्य कार्यक्रमहरू ः
नयाँ भर्नाको लागि फारम वितरण            वि.सं. २०७३ चैत्र २० गते आइतबारवाट
२०७३ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन       ः वि.सं. २०७३ चैत्र ३० गते बुधबार (विहान १०ः३० वजेदेखि दिउँसो २ः०० वजेसम्म )
पुराना विद्यार्थीहरुको नाम दर्ता                 ः वि.सं. २०७३ चैत्र ३१ गते बिहिबारदेखि 
नयाँ भर्नाको लागि प्रवेश परीक्षा       ः वि.सं.२०७४ वैशाख ४ गते सोमबार
प्रवेश परीक्षा समय                 ः बिहान ११ः०० बजे देखि १ः०० बजेसम्म
प्रवेश परीक्षामा तयारी गर्नुपर्ने विषयहरू ः कक्षा के.जी देखि कक्षा ४ सम्म नेपाली, अङ्गे्रजी र गणित         ः कक्षा ५ देखि कक्षा  ९ सम्म नेपाली,अङ्गे्रजी, गणित र विज्ञान
प्रवेश परीक्षाको नतिजा प्रकाशन                 ः वि.सं.२०७४ वैशाख ४ गते दिउँसो ४ बजे
कक्षा सञ्चालन                      ः वि.सं. २०७४ वैशाख ७ गते बिहिबारदेखि 
पुनश्च ः वि.सं. २०७४ वैशाख ७ गते बिहिबारदेखि विद्यालयको नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालन हुने हुनाले आफ्ना नानीबाबुहरूलाई पूर्ण तयारीका साथ अनिवार्य रुपमा विद्यालयमा  पठाइदिनु हुन अनुरोध गर्दछौँ । यदि विद्यालय सम्बन्धी अन्य जानकारी बुझ्नु परेमा विद्यालयको फोन नं. ०७१–५४१३५४ वा ०७१–५४०५७० का साथै विद्यालयको नोटिस बोर्ड नं. १६१८०७१५४०५७० डायल गरी सुविधा लिनु हुन अनुरोध गर्दछौँ । यसका साथै यहाँहरूको सरुवा, बसाइँसराइँ वा अन्य कुनै कारणले नानीबाबुहरुले विद्यालय छोड्नुपर्ने भएमा वि.संं. २०७३ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशनको दिन २०७३ चैत्र ३० गते वा सो भन्दा अगावै कक्षा शिक्षक मार्फत् विद्यालयमा जानकारी गराउनु हुन पनि विनम्र अनुरोध गरिन्छ ।
 
                                                                              –––––––––––––
प्राचार्य