Deep Boarding High School
Education is the light of life
 

Notice For Admission-2076

आदरणीय अभिभावकज्यू,
नमस्कार ।
सर्वप्रथमत ः आसन्न नयाँ वर्ष २०७६ को शुभ उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
 
आजका बालबालिका भोलिका देशका कर्णधार हुन् । देश हाँक्ने सारथि हुन् । त्यसैले तिनीहरूलाई कस्तो आकार दिएर निर्माण गर्ने भन्ने कुरा विद्यालय, शिक्षक एवम् सम्पूर्ण अभिभावकको कर्तव्य तथा जिम्मेवारी हो । वार्षिक परीक्षाको नतिजा नआउन्जेल तथा नयाँ शैक्षिक–सत्रको पठनपाठन प्रारम्भ नहोउञ्जेलसम्म आफ्ना नानीबाबुहरूलाई रचनात्मक, सिर्जनात्मक एवंम् व्यावहारिक कार्यमा लाग्न सकारात्मक सहयोग गरिदिनु सम्पूर्ण अभिभावकहरूमा विनम्र अनुरोध गर्दछौँ । 
स्थापना कालदेखि नै यहाँहरूको सहयोग सल्लाह र सुझावको कारण नै हामी आज ३८ औं बसन्त पार गरी सकेका छौ । यसको लागि सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी एवंम शुभचिन्तकहरूमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै किसिमको रचनात्मक सहयोगको अपेक्षा गर्दछौ ।
यस वर्षदेखि नतिजा प्रकाशनका दिन चैत्र २९ गते नै पुरस्कार वितरण गरिने हुँदा कक्षा नर्सरीदेखि कक्षा चारसम्मका विद्यार्थीहरूका सम्पूर्ण अभिभावकहरू बिहान ठिक ७ः३० बजे र कक्षा आठसहित पाँचदेखि कक्षा नौसम्मका विद्यार्थीहरूका सम्पूर्ण अभिभावकहरू दिउसो २ः३० बजे आफ्ना बाबुनानीहरूका साथमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
 
साथै वि.सं. २०७६ वैशाख ५ गते बिहीबारदेखि विद्यालयको नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालन हुने हुनाले आफ्ना नानीबाबुहरूलाई पूर्ण तयारीका साथ अनिवार्य रुपमा विद्यालयमा  पठाइदिनु हुन अनुरोध गर्दछौँ । यदि विद्यालय सम्बन्धी अन्य जानकारी बुझ्नु परेमा विद्यालयको फोन नं. ०७१–५४१३५४ वा ०७१–५४०५७० का साथै विद्यालयको नोटिस बोर्ड नं. १६१८०७१५४०५७० डायल गरी सुविधा लिनु हुन अनुरोध गर्दछौँ । यसका साथै यहाँहरूको सरुवा, बसाइँसराइँ वा अन्य कुनै कारणले नानीबाबुहरूले विद्यालय छोड्नुपर्ने भएमा वि.संं. २०७५ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशनको दिन २०७५ चैत्र २९ गते वा सो भन्दा अगावै कक्षा शिक्षक मार्पmत् विद्यालयमा जानकारी गराउनु हुन पनि विनम्र अनुरोध गरिन्छ ।
नोट ः शैक्षिक सत्र २०७६ देखि हाम्रो विद्यालयले अन्य कक्षाहरुको विद्यालय पोशाक यथावत् राख्दै कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई सहजताको लागि विद्यालयमा स्कर्टको सट्टा पाइन्ट र सोही तहका सम्पूर्ण विद्यार्थीहरुलाई मौसम अनुकूल स्वीटर र कोट लगाउनु पर्ने व्यवस्था गरिएको कुराको जानकारी गराइन्छ ।